Logo

२०८३, आश्विन १०गते


images
images

हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन : प्रधानमन्त्री

हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन : प्रधानमन्त्री

images
  • हामी छुद्र हुँदैनौँ, छिमेकी पनि छुद्र नबनुन : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

    images
    images
    images

    महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ ।

    images
    images
    images

    त्यसबारे जानकारी दिने क्रममा उनले आफूहरू सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न तयार रहेको बताएका छन् । उनले असंलग्न परराष्ट्रनीतिको पक्षमा आफूहरू रहेको बताउँदै समभावको हिसाबले सम्बन्ध बनाउने पनि बताए ।

    images
    images
    images

    ओलीले आफूहरू कुनै पनि छिमेकी या मित्रराष्ट्रसँग छुद्र रुपमा प्रस्तुत नहुने बताएका छन् । उनले छिमेकीहरू पनि छुद्र नभइदिए राम्रो हुने पनि बताएका छन् ।

    प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र लागुऔ‍षधले पारिरहेको प्रभावसहितका मुद्दा आफूले उठाउने पनि जानकारी दिए ।

    ओलीले अमेरिकास्थित कोलम्बिया विश्वविद्यालय र हाडवर्ड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।