Logo

२०८३, श्रावण २७गते


images
images

बालदिवसमा विद्यार्थीले गरे डस्टबिन वितरण

बालदिवसमा विद्यार्थीले गरे डस्टबिन वितरण

images
  • बालदिवसमा विद्यार्थीले गरे डस्टबिन वितरण
    images
    images

    देवदह । रुपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा क्रियाशील न्यू नमुना बाल क्लबले डस्टबिन वितरण गरेको छ । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' भन्ने मूल नारा रहेको ६० औ बाल दिवसको अवसरमा डस्टबिन वितरण गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख सागर पौडेल जानकारी दिए । 

    images
    images
    images

    विद्यार्थीहरूले देवदह भलुहीको मुनामदन चोक, आसाम टोल, आदर्श पथ, जागृति टोल, पिसल्यान्ड चोक, गणेशटोल, भट्टराईचोक लगायतका चोकहरूमा डस्टबिन राख्दै सचेतनामुलक विचार राखेका थिए । सो अवसरमा कथावाचन, कवितावाचन, नाटक मञ्चन, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गरिएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ वडाअध्यक्ष मोहनबहादुर जिसीले विद्यार्थीले गरेका सृजनशील कार्यक्रमको प्रशंसा गरे । 

    images
    images
    images

    बाल क्लबका अध्यक्ष विश्वास अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका संचालन समितिका अध्यक्ष केशव भट्टराई, सहप्राचार्य लक्ष्मीपुन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।