देवदह । न्यू नमुना इङ्लिस बोर्डिङ स्कूलमा नवनिर्वाचित बाल क्लब, जुनियर रेडक्रस तथा ईको क्लबका पदाधिकारीलाई सम्मानसहित नयाँ विद्यार्थी स्वागतलाई स्वागत गरिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा विद्यालयमा नवनिर्वाचित बाल क्लब, जुनियर रेडक्रस र ईको क्लबका सम्पूर्ण पदाधिकारी, विभिन्न हाउसका क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस शिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । साथै शैक्षिक सत्र २०८३ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको विद्यालयका प्रिन्सिपल चुडा बहादुर थापाले जानकारी दिए ।
त्यसैगरी शैक्षिक सत्र २०८३ को अतिरिक्त क्रियाकलापअन्तर्गत पहिलो कार्यक्रमका रूपमा कक्षा १ देखि १० सम्म अंग्रेजी हस्तलेखन प्रतियोगिता पनि सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology