देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा अवस्थित देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत देवदह बाल साहित्य समूहद्वारा हाजिरी जवाफ र अंग्रेजी हस्तलेखन प्रतियोगिता गरिएको जनाइएको छ ।
बालदिवसको सन्दर्भमा कक्षा १ देखि ६ सम्मको सेक्सनगत अंग्रेजी हस्तलेखन र कक्षा ७ देखि १० सम्म हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको शिक्षक अर्पण पौडेलले जानकारी दिए ।
अंग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा १ रोज लिल्लिबाट क्रमश: प्रिन्स के.सी र सार्थक उपाध्याय प्रथम, अनामीका मण्डल र युजल गौतम द्धितीय, जस्मिन दर्लामी र संगम चापागाइ तृतीय भएका छन् । त्यसैगरि कक्षा २ बाट शिवानी भट्टाराई र गुन्जन तिवारी प्रथम, सर्जक चापागाइ र सस्कार खनाल द्धितीय, प्रसिद्धी के.सी र माहिका पौडेल तृतीय, कक्षा ३ बाट आयुस भुर्तेल र गौमती कामु प्रथम, रिक्मन पाण्डेय र प्रिन्स सापकोटा द्धितीय, साईमन थापा र अमृत काफ्ले तृतीय भएको विद्यालयले जनाएको छ ।
त्यसैगरि कक्षा ४ बाट क्रिष्टिना गौतम र शसिका खनाल प्रथम, खुसी काफ्ले र आकृित कार्की द्धितीय, सुधन काफ्ले र अनुस्का पाण्डेय तृतीय, कक्षा ५ बाट सोनिया अदै मगर र अमृत काफ्ले प्रथम, शिशिर पाण्डेय र क्रतिका पाण्डेय द्धितीय, स्मृति परीयार र प्रजिता गुरुङ तृतीय, कक्षा ६ बाट सिर्जना अर्याल र विनीसा पुन मगर प्रथम, युनिटी राना र ओसीन वुडाथोकी द्धितीय, इडीन गुरुङ र पुर्णिमा गोतामे तृतीय भए ।
साथै कक्षा ७ देखि १० सम्मको सेक्सनगत हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० रोजका विद्यार्थी सविन सारु, समन हमाल इस्तिया कुंवरको समूहले प्रथम भएको छ कक्षा ९ रोजबाट सन्ध्या भण्डारी, अङ्कित काफ्ले र पुस्कर पाण्डेको समूहले द्वितीय स्थान हासिल गरे भने कक्षा १० लिलिबाट कीर्तन घर्ती मगर, खुसी सापकोटा र अनुज काफ्लेको समूहले तृतीय स्थान हासिल गरे ।
देवदह बाल साहित्य समूहका अध्यक्ष शेखर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेल, कार्यवाहक प्राचार्य मन वहादुर क्षेत्री लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology