Logo

२०८३, आश्विन १०गते


images
images

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री

images
  • टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री
    images
    images

    काठमाडौं । दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । 

    images
    images
    images

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही(घोराही(तुल्सीपुर चारलेन सडक निर्माण लगाएतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।

    images
    images
    images

     सो अवसरमा प्रधानमन्त्री ओलीले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकार गम्भीर भएको बताए । टरीगाउँ विमानस्थलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको हवाई उडानको केन्द्र बनाइने बताए । 

    images
    images
    images

    झटरीगाउँ विमानस्थल मौसमका हिसाबले पनि उपयुक्त छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपालगन्ज,सुर्खेत र धनगढी उडेका विमान आकस्मिक अवतरण गर्नुपर्दा टरीगाउँ अवतरण गर्न मिल्नेगरी विस्तार गरिन्छ ।’  प्रधानमन्त्री ओलीले लमहि-घोराही-तुलसीपुर चारलेन सडक निमार्णाका लागि टेन्डर गर्ने तयारी थालिएको समेत जानकारी दिए । 

    सात दशक अघि नै विमान बसेको टरिगाउँ विमानस्थलमा पछिल्लो दुई महिना यता विमान नै आउन छोडेको छ । विमानस्थलका विषयमा पटक पटक आवाज उठेपनि भौगोलिकरूपमा नेतृत्व विभाजन हुँदै गर्दा धावनमार्ग बिस्तारमा ढिलाई हुँदै आएको छ । संघीय सरकारले धावनमार्ग विस्तारका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएपनि कार्यान्वयनमा आएको छैन । 

    तुलसीपुर उपमहानगरको संयोजनमा आएको प्रतिनिधि मण्डलमा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराहीकी उपप्रमुख हुमा डीसी, बबई गाउँपालिका प्रमुख कुलबहादुर खत्री, दंगिशरणका गाउँपालिका प्रमुख शम्भु गिरी सहित उद्योगी र व्यवसायीको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।