कृष्ण अन्जान, रुरु । हामी बहुभाषिक र बहुसाँस्कृतिक मुलुका बासिन्दा हौँ । धेरै जातजाति र तिनै जातजातिका मौलिक सँस्कृतिले अाफ्नाे पहिचान स्थापित गर्दछ तर यति बेला अाधुनिक संस्कृतिकाे चापले पुराना परम्परा र सँस्कृति अाेझेलमा पर्ने क्रममा छ ।
कुनै जमाना थियाे रुरुक्षेत्रकाे रिडी बलेटक्सार बलेचौर क्षेत्रमा नाचिने नेवारी समुदायको लाखे नाचकाे रौनक अाफ्नै थियाे । मुख्यगरि नाग पन्चमीका दिन देखि नाच्ने लाखेनाच जन्माष्टमीका दिन सम्म र कहिँ कतै त तिज सम्म पनि नाच्ने प्रचलन थियाे ।
नागपन्चमीका दिन निकालिने लाखेनाचकाे रौनकताले बलेटक्सार बलेचौर र रिडीमा दर्शकहरुले खचाखच भरिन्थ्याे तर त्याे सबै सम्झना मात्र भएकाे रिडी बजारका समाजसेवी जीवन कसजुकाे भनाई छ । रिडीमा लाखे नाच त हुन्छ त्याे मात्र परम्परा धान्नका लागि नचाईने गरिएकाे कसजुकाे भनाई छ ।
त्यसाे त रिडीबजारमा लाखेनाचका लागि बजाईने बाजा र लाखे चुम्पाखे कृष्ण बलरामका पाेशाक हरु र बाजा बजाउने शिल्पीहरु पनि छन तर पहिला जस्ताे रौनकता नभएकाे रिडी बजारका अजित श्रेष्ठको भनाई छ ।
नेवारी वस्ती भएकै कारण बलेटक्सार बम्घाकाे बलेचौरमा लाखे नचाउने काम वर्षेनी हुन्छ तर त्यता तिर पनि परम्परा धान्ने काम मात्र भएकाे छ ।
मुख्यरुपमा यि क्षेत्रका लाखेनाचकाे लामाे ईतिहास छ ।जतिबेला नेवार समुदाय याे क्षेत्रमा बसाई सराई गरे त्यतिबौला बाट नेवारी समुदायका अनेकौँ परम्परा सँस्कृति भेषभुषा भाषा सँगै अाएकाे पाईन्छ ।
लाखे कहिले बाट नाच्न शुरु गर्ने भन्ने अाफ्नै परम्परा छ ।रिडीबजारकाे हकमा नागपन्चमीका दिनदेखी लाखे नाच शुरु हुने र जन्माष्टमिका दिन लाखे मारेर लाखेनाचकाे विसर्जन गर्ने परम्परा छ ।
हरेक वर्ष रौनकता नभएपनि रिडी बजारमा नचाईने लाखेनाच गतवर्ष देखि काेभिड सँक्रमणका कारणले अवरुद्द छ ।तैपनि परम्परा धान्न लाखेकाे एकैछिन प्रदर्शन भने गरिएकाे लाखेनाचकाे व्यवस्थापन गर्ने रुरु फ्रेन्डस क्लवका पदाधिकारीकाे भनाई रहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology