काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताएका छन । बुधवार काठमाडौंमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताएका हून ।
उनले कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देहबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरु सरकारले ल्याउने पनि जानकारी गराए ।
उनले सहकारीमा गैरसहकारी तत्वहरुको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताए । उनले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताए । उनले स-साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए । उनले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको बताए । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताए । प्रधानमन्त्री ओलीले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।




















.gif)