Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकारीता, साहित्य र राजनीतिका त्रीवेणी : भुल्नै नहुने व्यक्तित्व - टिआर विश्वकर्मा 

पत्रकारीता, साहित्य र राजनीतिका त्रीवेणी : भुल्नै नहुने व्यक्तित्व - टिआर विश्वकर्मा 

images
  • पत्रकारीता, साहित्य र राजनीतिका त्रीवेणी : भुल्नै नहुने व्यक्तित्व - टिआर विश्वकर्मा 
    images
    images

    रुपन्देही । नेपाली राजनीतिक आन्दोलनका नेता, पत्रकार एवं साहित्यकार टिआर विश्वकर्माको ३१औं स्मृति दिवस मनाईएको छ । स्व. टिआर विश्वकर्माको स्मृति दिवसको अवसरमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रुपन्देहीद्धारा बुटवलमा आयोजित 'नेपाली पत्रकारिता र साहित्यमा टिआर विश्वकर्मा' विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरूले उनको त्याग र योगदानको चर्चा गरेका गरे ।

    images
    images
    images


    अन्तरक्रियामा बोल्दै वरिष्ठ पत्रकार एवं नागरिक अगुवाहरुले टिआर विश्वकर्मा नेपाली राजनीति, साहित्य, पत्रकारिता र दलित आन्दालनले भुल्नै नहुने व्यक्तित्व भएको उल्लेख गर्दै नेपाली साहित्य, पत्रकारिता र दलित आन्दोलनमा उनको योगदानको उच्च मुल्यांकन गरिनुपर्ने बताए ।

    images
    images
    images


    संविधानसभा सदस्य, राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष र नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्वअध्यक्ष समेत रहेका नागरिक अगुवा विनोद पहाडीले विश्वकर्मा नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्व भएको बताए । 'मातृभुमी लगायतका पत्रकारितामा काम गर्नुभएका उहाँको नेपाली पत्रकारिताको विकासमा  ठूलो योगदान छ' पहाडीले भने । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै टिआर विश्वकर्माका सहपाठी ओम प्रकाश रजहरले टिआर विश्वकर्मासंग विताएका दिनहरूको संझना गरे ।  ‘राजनीतिक व्यक्तित्व भएपनि उहाँ पत्रकार भएर काम गर्नुभयो, सम्पादक हुनुभयो’ भन्दै उनले दलित आन्दोलनलाई संस्थागत गर्न टिआर विश्वकर्माले अतुलनीय योगदान पुर्याएको बताए । 

    त्यसैगरी वरिष्ठ पत्रकार नारायण सापकोटा, डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले टिआर विश्वकर्माको योगदानको चर्चा गरे । 

    को हुन् टिआर विश्वकर्मा ?


    वि. सं. १९९० मा धरानको विजयपुरमा बुवा मानबहादुर विश्वकर्मा र आमा पदमकुमारी विश्वकर्माको कोखबाट जन्मिएका विश्वकर्मा परिवारका चौंथो सन्तान थिए । उनका दाजु हिरालाल विश्वकर्मा नेपालको इतिहासमै पहिलो दलित मन्त्री समेत हुन् । 

    उनले वि. स. २००२ मा भारतको संस्कृत विश्वविद्यालयको झ्यालमा बसेर पढेका थिए । दलितलाई संस्कृत पढाएको आरोपमा उनका तत्कालिन गुरु छविलाल पोखरेललाई विश्वविद्यालयले कारवाहीसमेत गरेको उनका सहपाठी ओमप्रकाश रजहर बताउँछन् ।


    टिआर विश्वकर्माले मातृभूमी पत्रिकासँगै २०२६ सालमा दलित आवाज मासिक र २०३५ सालमा सञ्जिवनी मासिकको सम्पादक थिए । साथै 
    उनीले प्रेरणा साप्ताहिक समेत सम्पादन गरेका थिए ।   विश्वकर्माले 'माटो र मुटु' लगायतका कविता संग्रह समेत प्रकाशन गरेका थिए । 

    मुटुको समस्याका कारण २०४७ भदौ ४ गते उनको भारतमा मृत्यु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।