Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन्

प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन्

images
  • प्रधानमन्त्रीको तर्क- प्रतिगामी एजेन्डा बोक्नेहरूले संविधान संशोधनको विरोध गर्दैछन्
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी एजेण्डा बोकेर हिँडेकाहरूले संविधान संशोधनको विरोध गरेको बताएका छन् ।

    images
    images
    images

    आइतबार एमाले मुख्यालय च्यासलमा उपाध्यक्ष गुरु बराल र मनोनीत १७ जना केन्द्रीय सदस्यहरूलाई शपथ दिलाउँदै एमाले अध्यक्षसमेत रहेका ओलीले देशको यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले देशलाई अगाडि लैजान संविधान संशोधन गर्न लागिएको बताए। त्यसैका लागि कांग्रेससँग मिलेको पनि उनले जिकिर गरे । ओलीले संविधान संशोधन गर्नै हुन्न भन्नेहरू लोकतन्त्रको विरोधी रहेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    ‘देशको अग्रगति, समाजको विकास, जनताको प्रगतिका लागि संविधान संशोधन हुन्छ,’ ओलीले भने, ‘संविधान भनेको परिमार्जित हुँदै, संशोधित हुँदै जाने दस्तावेज हो ।’

    उनले त्यसकै लागि नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेको जिकिर गरे । ‘तर, प्रतिगमनकारी एजेन्डा बोकेर हिँडेकाहरूले विरोध गरिरहेका छन्,’ ओलीले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।