Logo

२०८३, आश्विन १०गते


images
images

मौद्रिक नीतिले समर्थन पायो अब तीव्र गतिकासाथ काम गर्नुपर्छ : प्रधानमन्त्री

मौद्रिक नीतिले समर्थन पायो अब तीव्र गतिकासाथ काम गर्नुपर्छ : प्रधानमन्त्री

images
  • मौद्रिक नीतिले समर्थन पायो अब तीव्र गतिकासाथ काम गर्नुपर्छ : प्रधानमन्त्री
    फाइल फोटो
    images
    images

    काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको शपथ समारोहमा उनले उक्त भनाइ राखे ।

    images
    images
    images

    ‘आज सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा हो । हामीले अब तीव्र गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्छ’, आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई बधाई र शुभकामना दिँदै उनले भने, ‘तपाईँहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमुनायोग्य बन्न सकोस् । नयाँ उचाइ हासिल हुन सकोस् ।’

    images
    images
    images

    प्रधानमन्त्री ओलीले मुलुकको मनोबल कमजोर भएका बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेमा जोड दिए  ।

    images
    images
    images

    यसै गरी उनले उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लैजान नवनियुक्त पदाधिकारीलाई भने ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।