सुरज श्रेष्ठ, वीरगन्ज । नीजि क्षेत्रले दिएको करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक सहयोगले वीरगन्ज कारागारमा विभिन्न भौतिक निर्माणका कार्य भएका छन् । १० केभिए क्षमताको स्वचालित जेनेरेटर जडान भएको छ ।
कारागार प्रमुख कृष्ण गैरेका अनुसार दाताको सहयोगले पुरुष ब्लक तर्फ भान्छा घर मर्मत सम्भार तथा २ सय ४० बेड क्षमताको शयन कक्ष निर्माण भएको छ । पुरुष ब्लकमा ६५ इन्चको रंगिन एलईडी टिभी जडान भएको छ । शैचालय र शैलुन कक्षको मर्मत सम्भार गरिएको कारागार प्रमुख गैरेले जनाए । यसैगरि महिला ब्लक तर्फ तीनवटा आधुनिक स्नान घर निर्माण गरिएको छ । महिला ब्लकमा ३२ इन्चको रंगिन एलईडी टिभी जडान गरिएको छ ।
महिला ब्लकको किचन र बाथरुम मर्मत सम्भार गरिएको जेलर गैरेले बताए । कैदीबन्दीहरुले श्रमदान गरेको आन्तरिक प्रशासन प्रमुख फिरोज अन्सारीले बताए । बुधबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र जेलर कृष्ण गैरेले नवनिर्मित महिला स्नान घर, भान्छा घर लगायत नवनिर्मित संरचनाहरुको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा नेपाली सेनाका मेजर नैन बस्नेत, डीएसपी प्रह्लाद कार्की, कारागारका नवराज बर्तौला लगायतको उपस्थिती रहेको थियो । कारागारलाई जगदम्बा स्टील प्रालि, शिवशक्ति ध्यू उद्योग, लक्ष्मी नारायणी ट्रेडिङ, अप्सरा सेनेटरी, तुलसी टायल्स, जेन साहेब, राजकुमार दारुका, पवन अग्रवाल, डीएन अग्रवाल, अशोक लाठ, नारायणी स्ट्रीप्स लगायतका दाताले सहयोग गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology