सुरज श्रेष्ठ, बिरगंज । बिश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारद्धारा ल्याईएको नेपाल माक्स अभियान कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया-२ बिरगंजद्वारा माक्स बितरण गरेको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्ररही सेवा छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकराईको अध्यक्षतामा र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्र.नि. राजेशराज पुरीको प्रमुख आतिथ्य भएको थियो ।
कार्यक्रमका बीरगंज महा-नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष वैजु स्वर्णकार , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक दिपेन्द्र साह , माईती नेपाल पर्साका प्रमुख संगीता पुरी लगायतको उपस्थिति रहेको थियो ।
पर्सा बीरगंज महा-नगर पालिका वडा नं. २ सामुदायिक प्रहरी विट देखि वडा नं.३ मालपोतचौक सम्म कोरोना भाईरस विरुद्धको ''महामारी नियन्त्रर्ण र रोकथाममा मेरो प्रतिबद्धता माक्स लगाउनु नै हो आजको आवश्यकता,नेपाल माक्स अभियान, म पनि माक्स लगाउछु र अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु, तपाईको माक्स खोई ? जस्ता जनचेतना मुलक प्लेकार्ड सहित ५०० माक्स वितरण गर्नु साथै कोरोना भाइरस सम्बन्धी जिङ्गल बजाई कोरोना भाईरस सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology