सुरज श्रेष्ठ, बिरगन्ज । बिरगन्ज महानगरपालिका वडा नम्बर ९ को सहजीकरणमा ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम पश्चात सिलाइ मेशिन प्रदान गरिएको छ ।
वाडका महिलाहरुलाइ रोजगार तथा आत्मनिर्भर बन्न यस कार्यक्रमबाट शतप्रतिशत उपलब्धि पाउने भएकोले यस्ता किसिमको कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताए ।
सिकेको सिप प्राप्त प्रबिधि सिलाइ मेशिनबाट घर परिबार तथा आफन्तहरुमा उपयोग गरे मात्र आय आर्जन तथा रोजगार तर्फ अघि बढ्ने वडा अधिकृत राजीव गिरीले सह्भागीहरुलाई सुझाव दियेका थिए।
कार्यक्रममा ३० जना महिला सहभागीहरुलाई सिलाइ मेशिन साथै प्रमाणपत्र बितरण गरिएको छ ।
कार्यक्रममा सरिता गुप्ता राजीव गिरी, दिलमाया श्रेष्ठ, प्रशिक्षक पुनम पटेल, संयोजक उद्घोषक बंशीधर रौनियार लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology