बिरगंज । मानव सेवा आश्रम बिरगंजद्वारा आज एक जनाको उद्दार गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर १८ मोतिसरमा रहेको एक जनाको व्यक्तिको ४ बर्ष देखि साङ्लोले बाधेर राखेको अवस्थामा आज उद्धार गरिएको हो ।
मानसिक सन्तुलन गुमाएका उनलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । उनको नाम जागेश्वर ठाकुर रहेको छ । १२ वर्षअघि ठाकुर एक धेरै नाम चलेका काठका मिस्त्री थिए । उनले गरेको काठको काममा उनको सितको चर्चा सम्पूर्ण गाउँमा हुने गर्दथ्यो ।
तर १२ वर्षदेखि उनको मानसिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै होइन एक्लै पनि कराई रहन्छन् । परिवारका सदस्यले लगेर उनलाई दिएको खाना कहिले खान्छन् त कहिले रिसाएर फली दिन्छन् ।
मानव सेवा आश्रम वीरगञ्ज पर्साको टिम सामाजिक अभियान्ता प्रकाश थारु र पत्रकार सुरेश बिडारी सहितको टोली त्यहाँ पुगेर उनको फलामको सिकड़ीलाइ हथौडाले काटेर उनलाई बाहिर निकालेर नुहाई दिएर नयाँ कपडा लगाइदिएर उद्धार गरेका हुन् ।
अब उनलाई आश्रममा राखेर उनको उपचार गर्ने मानवसेवा आश्रम प्रदेश नम्बर २ का संयोजक देवेश गुप्ताले जानकारी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology