Logo

२०८३, श्रावण २७गते


images
images

विरगंजमा ५० रुपैयामा भरपेट खाना खुवाउने भोजनालयको उद्घाटन 

विरगंजमा ५० रुपैयामा भरपेट खाना खुवाउने भोजनालयको उद्घाटन 

images
  • सेतोमसी सहकर्मी
  • विरगंजमा ५० रुपैयामा भरपेट खाना खुवाउने भोजनालयको उद्घाटन 
    images
    images

    बिरगंज । वीरगञ्जको मुर्लीमा निम्न आर्थीक अवस्थाका परिवारलाई मध्यनजर गर्दै शनिवारदेखि भरपेट भोजनालय सञ्चालनमा आएको छ । सामाजिक संस्था सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्युन आर्थीक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट  भोजनालय सञ्चालन गरेको हो । 

    images
    images
    images

    सुपत मूल्यमा पौष्टिक खाना खुवाउने परिकल्पनाका साथ स्थापित भोजनालयको संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले उद्घाटन गरेका छन् । मात्रै ५० रुपैयाँमा भरपेट भोजन गराउने हेतुले सञ्चालित भोजनालयको उद्घाटन गर्दै नेता एवम् व्यवसायीसमेत रहेका रुंगटाले भोजनालयको शुभारम्भले समुदायमा रहेका विपन्न तथा गरिब वर्गहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    स्वागत मन्तव्य व्यक्त गर्दै सानो पाइलाका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कोरोना भाइरस संक्रमणको पहिलो लहरको क्रममा संस्थाले सञ्चालन गरेको फिडिंग नेपाल अभियानको विस्तारित स्वरुप भरपेट भोजनालय रहेको बताए । 

    images
    images
    images

    समुदायमा बसोबास गरिरहेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा विपन्न वर्गहरुले भोजनमा न्युन खर्च गरी कुल आम्दानीबाट बचत गरेको रकम शिक्षा र स्वास्थ्यमा खर्चिन सक्ने झाको विश्वास छ । सामुदायिक सशक्तिकरणका लागि आफूहरु निरन्तर प्रयासरत रहेको चर्चा गर्दै उनले यस भोजनालयबाट विपद्का बेला निःशुल्क भोजन सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे । 

    सानो पाइलाका सभापति सुदीप लामाको सभापतित्वमा भएको समुद्घाटन समारोहमा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवान, दिव्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेल, नेपालभोजपूरी समाजका ध्रुव सिंह ठकुरी, मानव सेवा आश्रमका प्रदेश २ संयोजक देवेश मानवसेवा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विवेक कर्णले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विरगंज
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।