Logo

२०८३, आश्विन १०गते


images
images

एमालेले दियो प्रधानमन्त्रीलाई १० बुँदे सुझाव

एमालेले दियो प्रधानमन्त्रीलाई १० बुँदे सुझाव

images
  • एमालेले दियो प्रधानमन्त्रीलाई १० बुँदे सुझाव
    images
    images

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य (महत्त्वपूर्ण) सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो ।

    images
    images
    images

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिएका छन् । गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव दिइएको ज्ञवाली बताए । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको उनले बताए ।

    images
    images
    images

    प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता र जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयबारे सुझाव दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।