Logo

२०८३, आश्विन ९गते


images
images

कविता

ऋतु बैँस

ऋतु बैँस

छन्द :- शार्दूलविक्रीडित
images
  • ऋतु बैँस
    images
    images

    गर्जे मेघ परे झरी दिनहुुँ नै,~~सन्त्रास   छायो  कति
    बाढी भेल पसेर भित्र घरमा,~~पार्यो निकै नै खती
    साह्रै बेथितिको छ मौसम अहो !, पर्छौँ सधैँ  मारमा
    जुध्छन् आपसमा सदा ऋतुहरू,  हामी पर्यौँ धारमा।।१।।

    images
    images
    images

    पुत्तायो  चुचुरा  घना छ कुहिरो, झिल्को पर्‍यो  मेघको
    ज्वाला खस्छ अहो! भनेर डरले, ठाडो भयो केश यो
    साना झाङ र फूल बोटविरुवा, चुट्दै लछार्यो  सब
    चीँ चीँ गर्छ उता रुझेर बचरा, के गर्छ पन्छी   अब।।२।।

    images
    images
    images

    के लाग्ला फल भोलि यो फसलको, धेरै भएमा जल 
    सोहोर्दै भल पस्छ उर्वर सबै,  लैजान्छ माटो  मल
    चौपाया पनि गोठभित्र थुनिए, खाँदैन दाना  नल
    पस्ने हो कि त गोठभित्र धमिलो, ठूलो बलेँसी भल ।।३।।

    images
    images
    images

    बाटो बन्द भए झरेर पहिरो, यात्री बिचल्ली परे
    कोही छन् तटमा रुँदै विरहमा,  कोही त  पारी तरे  
    बाढी भेल  झरेर नै कति मरे, कोही  भए  बेघर
    हान्यो मार कसेर यो प्रकृतिले, बुझ्ने यहाँ को छर ।।४।।

    खोल्साको पनि जोस हेर कति हो, उर्ल्यो चुनौती दिँदै
    काट्दै छन् नदका किनार अहिले, यो  बैंस  उन्मत्त भै  
    चुक्दैनन् ऋतुले  समेत यसरी,~~ देखाउँछन् पावर 
    देखाऊँ कहिले मभित्र जति छन्,~~ आएन पालो  तर ।।५।।

    छन्द   :- शार्दूलविक्रीडित

    - दुर्गा थापा मगर, बुटवल-११, रूपन्देही 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।