कविता : नाप्न छोड अरूका लक्ष्यहरु
म रुँदा उ हाँस्ने रहेछ
म हाँस्दा ऊ रुने गर्दछ
न सम्बध छ नजिकको
न हुँ म अलि टाढाको।।
म उसको मनमा पसेको छैन
उ मेरो मनमा पसेछ की?
म बाटोमा हिँड्दा गर्दा
मेरो पाइला नाप्दै छ कि?
मेरो प्रगतिमा उ रोएकै होकी?
मेरो पछि - पछि भाग्न खोजेको हो कि?
मलाई भेटाउन नसक्दा
शहर भरी गुनासो पोख्दै छ कि?
मलाई कसैको हाँसो संग रुनु छैन
न त कसैको दुःखमा हाँस्नु छ
अरूको लक्ष्यमा हास्नु रुनु भन्दा
आफ्नो बाटो आफैं खोजी दौडिनु छ।।
सक्छौ भने आऊ, संगै जाउँ
तिमी र म अनगिन्ती सोंचहरु लिएर
मिल्ने र नमिल्ने सोंच आपसमा मिलाएर
नत्र नाप्न छोड अरूका लक्ष्यहरू मनमा जलाएर।।
- नारायण कोइराला
तानसेन पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology