देवदह । रुपन्देहीको देवदह २ स्थित नमूना एभरग्रीन इ.बो. स्कुलमा साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाली हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ। छनोट चरण र अन्तिम चरण गरी सम्पन्न भएको प्रतियगितामा एल.के.जी देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
उक्त प्रतियोगितामा कक्षा एलकेजी र यूकेजी तर्फ सरगम राना, १ र २ तर्फ कक्षा २ का सुजिना राई, कक्षा ३ देखि ५ सम्म कक्षा ५ कि सनिस्ता पाख्रीन, कक्षा ६ देखि ८ सम्म कक्षा ८ का सुदिक्षा श्रेष्ठ प्रथम हुन सफल भएका थिए।
विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै प्रिन्सिपल कमल पौडेलले राम्रो अक्षर लेख्ने विद्यार्थीले परीक्षामा पनि राम्रो अंक ल्याउन सक्ने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो अक्षर लेख्न कोशिश गर्न आग्रह गरे । साथै अक्षर राम्रो लेख्न सक्ने बनाउन विद्यालयले हस्तालेखन सुधार तालीम पनि आयोजना गरेको बताए ।
कार्यक्रम हस्तलेखन तथा चित्रकला प्रशिक्षक खूलेन्द्र बिन्दु पन्थीको निर्णायक भूमिकामा तथा बिधालय संयोजक सृष्टि बरालको सहजीकरणमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology