Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कविता : आमा

कविता : आमा

images
  • कविता : आमा
    images
    images

    आमा !
    मलाई थाहा छैन 
    तिमीले प्रसवकालमा सहेको पीडा । 
    नौ, नौ महिना बोकेको गरुङ्गो भारी
    त्यही भारी माथि घाँसको भारी 
    भीर, पहरा, पखेरा, टाकुरामा पेटको भारी बचाउँदै
    घाँसको भारी बौक्नै पर्ने बाध्यता सहेको 
    मलाई केही थाहा छैन । 

    images
    images
    images

    मेरा खुट्टाहरुले लात हान्दा मूर्छा परेको 
    मुर्छित हुँदा पनि मुस्कुराएको 
    त्यो पट्यार लाग्दो समय, 
    त्यो वाकवाकी, छट्पटी मलाई थाहा छैन आमा । 
    तिमी प्रसव वेदनाले छट्पटिँदा 
    म बाहिरी संसार देख्न आतुर भएको 
    तिमी सासै फेर्न नसक्ने हुँदा 
    म सास फेर्न तम्सिएको 
    त्यो बेलाको तिम्रो आँखाको आँसु
    ओठको हाँसो एकसाथ निस्किएको 
    मलाई इत्ति पनि थाहा छैन आमा । 

    images
    images
    images

    मलाई कोर्कोमा राखेर तिमी काममा जाँदा
    मेरै चिन्ताले भक्कानिँदै फर्किएको 
    मेरो अनुहारको मुस्कानले तिम्रो सम्पूर्ण थकान भुलाएको 
    चिसोले कठ्याङ्ग्रिँदा छातीको न्यानो मलमले तातिएको 
    तिम्रा दुग्धधाराहरुले सिञ्चित भएको मलाई केही थाहा छैन आमा । 

    images
    images
    images

    तर आमा
    मलाई थाहा छ,
    तिमीले मेरो माध्यमबाट देखेको सपना 
    म हुर्किँदै गर्दा मनमा उब्जेको कल्पना
    स्कुल जान्न भन्दा मप्रति उठेका तिम्रा हातहरु
    त्यही कारण विना निद्रा विताएका कैयौँ रातहरु  
    मैले राम्रो पढ्दा डाक्टर हुनुपर्छ भनेको 
    मैले गृहकार्य गर्दा खुसीले गदगद बनेको ।  
    छोरो पढ्छ भनेर 
    अघि बढ्छ भनेर 
    मैलाई पढाउन
    अघि बढाउन 
    आफ्ना रहरहरु बन्धकी राखेर
    आफ्ना खुशीहरुको धरौटीमा 
    मेरा खुशीहरु साटेको 
    मलाई सबै याद छ आमा । 

    म असफलताले छट्पटिँदा
    तिमीले मायाले सुम्सुमाएको 
    म निराशामा आत्तिँदा 
    तिमीले आशाका किरण देखाएको 
    मेरो प्रगतिमा तिमीले देखाएको उत्साह
    मेरो उन्नति मात्र हेर्ने तिम्रो चाह 
    मैले कसरी विर्सन सक्छु र आमा !

    त्यसैले त 
    तिम्रा गालामा चाउरीका धर्साहरु नदेखिँदै 
    तिम्रा हातका रेखाहरु नमेटिँदै
    तिम्रो जीवनको घाम डाँडामाथि नपुग्दै 
    तिमीलाई संसारको सारा खुशी दिन सकूँ
    तिम्रा आँखामा आनन्दको ऐना देख्न सकूँ
    तिम्रा मनमा सन्तु्ष्टीका ज्वारभाटाहरु छचल्काउन सकूँ
    म सधैँ तिम्रो भएर बाँच्न सकूँ आमा !

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • # आमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।