देवदह । देवदहमा संचालित आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा आयोजित अन्तर विद्यालयस्तरिय लोक नृत्य प्रतियोगितामा न्यु नमूना इंलिश बोर्डिंङ स्कूल प्रथम भएको छ ।
देवदह क्षेत्रभित्र संचालित १० विद्यालय सहभागी प्रतियोगितामा देवदह इंलिश बोर्डिंङ स्कूल दोस्रो तथा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय तेस्रो भएको छ ।

सगरमाथा आवासीय माध्यमिक विद्यालय र न्यु लुम्बिनी इंलिश बोर्डिंङ स्कूल सान्तवना भएको मेलाका सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार, दोस्रो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सिता मावि, केरवानी मावि, सरस्वती शिक्षालय, महामाया भवानी मावि र नमुना एभरग्रीन इंलिश बोर्डिंङ स्कूलको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology