Logo

२०८३, श्रावण २७गते


images
images

सचेतना

विद्यालयमा सर्पदंश सम्बन्धि जनचेतना जगाउँदै रुद्र गण

विद्यालयमा सर्पदंश सम्बन्धि जनचेतना जगाउँदै रुद्र गण

images
  • विद्यालयमा सर्पदंश सम्बन्धि जनचेतना जगाउँदै रुद्र गण
    images
    images

    देवदह । रूपन्देही जिल्लामा पछिल्लो समय सर्प र सर्पदंशका घटनाहरू बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । 

    images
    images
    images

    धार्मिक संस्था रुद्र गण को अगुवाइमा बुटवल स्थित कान्ति माविमा युवा अभियन्ता विशाल पाण्डेय र नबिन पौडेलले सर्पको पहिचान, सर्पदंशबाट बच्ने उपाय, सर्पदंश भएमा अपनाउनुपर्ने प्राथमिक उपचार तथा सर्प संरक्षणसम्बन्धी अभिमुखीकरण गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममार्फत विद्यार्थी तथा शिक्षकहरूलाई सर्पप्रति फैलिएका भ्रम हटाई वैज्ञानिक जानकारी प्रदान गर्नुका साथै सर्प संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा समेत सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    आगामी दिनमा यस्ता कार्यक्रम रूपन्देहीका अन्य विद्यालय तथा समुदायस्तरमा पनि विस्तार गरिने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।