Logo

२०८३, श्रावण २७गते


images
images

विराटनगरमा रात परेपछि नेताका घरमै पुग्छ खाेप!

विराटनगरमा रात परेपछि नेताका घरमै पुग्छ खाेप!

images
  • विराटनगरमा रात परेपछि नेताका घरमै पुग्छ  खाेप!
    images
    images
    काठमाडौं।विराटनगरमा कोरोना भाइरस विरुद्धको खोप महानगरपालिकाले व्यक्तिगत घरमा पुगेर लगाएको भन्दै स्थानीय बासिन्दाले विराेध जनाएका छन्।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बुधबार राति व्यक्तिको घरमा गएर खोप लगाएको घटनाबारे आफूलाई जानकारी भएको बताए। उनले खोपबारे भएको घटनाबारे सम्बन्धित निकायसँग बुझ्ने काम भैरहेकाे बताए।

    images
    images
    images

    राति महानगरपालिका ५ स्थित एक घरमा महानगरपालिकाले खोप लगाइरहेको सूचनासँगै स्थानीयले विरोध गरेका थिए। नेपाली कांग्रेसका नेता दिपक चाँपागाईका अनुसार राति महानगरपालिकाको टोलीले खोप लगाउने कार्यक्रम गरेको थियो।

    images
    images
    images

    चाँपागाईले खोप लगाउनका लागि सर्वसाधारण घण्टौँ लाइनमा बसेर पनि नपाइरहेको अवस्थामा कसैको घरमा मेयर स्वयंको उपस्थितिमा खोप लगाइनु आपत्तिजनक भएको बताए।

    images
    images
    images

    त्यसैगरि, स्थानीय प्रभाकर कार्कीका अनुसार राती खोप लगाउने क्रममा होहल्ला भएपछि मेयर पराजुली गाडी चढेर भागेका थिए। खोप लगाइरहेको थाहा पाएपछि आफूले गेटभित्र पसेर राेक्ने काम गरेकाे चाँपागाईले बताए।

    मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले घटनामा मेयरको उपस्थिति नभएको दाबी गरेका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विराटनगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।