Logo

२०८३, श्रावण ३०गते


images
images

सडकमै बाँदरको ग्याङ फाइट हुँदा घण्टौँ ट्राफिक जाम

सडकमै बाँदरको ग्याङ फाइट हुँदा घण्टौँ ट्राफिक जाम

images
  • सडकमै बाँदरको ग्याङ फाइट हुँदा घण्टौँ ट्राफिक जाम
    images
    images
    काठमाडौं। थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

    यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । 

    images
    images
    images

    भिडियो रेकर्ड गर्ने व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए ।

    images
    images
    images

    यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण ट्राफिक जाम भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थाइल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।