Logo

२०८३, श्रावण ३०गते


images
images

थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने

थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने

images
  • थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने
    images
    images

    एजेन्सी । थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ । 

    images
    images
    images


    चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो । थाइ प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए ।

    images
    images
    images

    यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने बताए  । यस नयाँ नीतिबाट थाइल्याण्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ । उनीहरुबाट ३९.१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ । कुल पर्यटन राजश्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ । थाइल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।