Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

थाइल्याण्डको संसद भंग : दुई महिना भित्र चुनाव हुने

थाइल्याण्डको संसद भंग : दुई महिना भित्र चुनाव हुने

images
  • थाइल्याण्डको संसद भंग : दुई महिना भित्र चुनाव हुने
    images
    images

    काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंगगरेका हुन् ।

    images
    images
    images

    शुक्रवारजारी गरिएको एक आदेशमा, प्रधानमन्त्री चार्नविराकुलले उनको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गरेको उल्लेख गरेका छन् । उनले भने- 'उपयुक्त समाधान भनेको संसद भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने तरिका हुनेछ ।'

    images
    images
    images

    व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् । सेप्टेम्बरमा सत्तामा आएपछि, उनले जनवरीको अन्त्यसम्ममा संसद भंग गर्ने वाचा गरेका थिए ।

    images
    images
    images

    हाल छिमेकी देश कम्बोडियासँग तनाव भइरहेको बेला थाइल्याण्डम संसद भंग गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थाइल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।