Logo

२०८३, श्रावण २७गते


images
images

बुद्ध सामुदायिक वनको १२औं वार्षिक साधारणसभा सम्पन्न

बुद्ध सामुदायिक वनको १२औं वार्षिक साधारणसभा सम्पन्न

images
  • बुद्ध सामुदायिक वनको १२औं वार्षिक साधारणसभा सम्पन्न
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ र ६ मा अवस्थित बुद्ध सामुदायिक वन उपभोक्ता समुहको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वनका अध्यक्ष टेक बहादुर राना र सचिव राधिका अर्यालले  पेश गरेको प्रतिवेदन पास गर्दै साधारणसभा सम्पन्न भएको हो ।

    images
    images
    images

    साधारण सभाको उद्घाटन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले बुद्ध सामुदायिक वनले सामाजिक गतिविधिका कामहरु गर्दै आएको र  गाई वस्तुको लागि आवश्यक पर्ने घाँस, खाना पकाउन चाहिने दाउरा, काठ आदि उपभोक्तालाइ सहजै विक्री वितरण गरेकोमा खुसी व्यक्त गरिन । बुद्ध सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तर्गत जेहेन्दार विद्यार्थीलाई शिक्षाबाट बन्चित नहुन भनेर छात्रवृत्ति कार्यक्रम गरेको तथा खेलकुदको क्षेत्रमा पनि महत्त्वपूर्ण भुमिका खेलेको उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रमका वक्ताहरू नगर प्रवक्ता गणेश डुम्रे, गाउँ वन संजालका अध्यक्ष खेम नारायण अधिकारी लगायतले वनले विकासको क्रममा देवदह नगरपालिकासंग सहकार्य गरेर, फोहोरलाई व्यवस्थापनको लागि सामुदायिक वनको जमिन उपलब्ध गराएर तथा एक वन, एक पार्कको अवधारणा अनुसार    गौतम बुद्ध राष्ट्रिय उद्यान (कास्ठकला) संचालन गरेर देवदहको समग्र पर्यटनको क्षेत्रमा योगदान गरेको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा ८० वर्ष देखि माथिका २८ जना जेष्ठ नागारिक र विशिष्ट शारीरिक क्षमता भएका २४ जनालाइ सम्मान तथा केरवानी माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना र युगज्योति माध्यमिक विद्यालयमा अध्यनरत तीन जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। 

    student samman.jpeg

    सो अवसरमा निशुल्क आँखा जांच तथा सुगर परिक्षण शिविर  समेत सन्चालन गरिएको थियो । 

    कार्यक्रम बुद्ध सामुदायिक वनका उपाध्यक्ष थमन सिंङ गुरुङको स्वागत मन्तव्य र लेखा समिति संयोजक सन्तोष भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।