देवदह । पल्लवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा अन्तर्गत सितलनगर सेवाकेन्द्र स्तरिय कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष कुष्ण प्रसाद अधिकारीले कार्यविधि विपरित काम गरे सहकारीहरु जोखिममा पर्नेहुदाँ संचालक र सेयर सदस्यहरु चनाखो हुनुपर्ने बताए ।
सल्लाहकार तथा निवर्तमान अध्यक्ष दिवाकर अधिकारीले सहकारीका सदस्यले विश्वासका साथ जम्मा गरेको रकम संरक्षण गर्ने जिम्मेवारी संचालक को भएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष प्रमोद खनालको अध्यक्षता, उपाध्यक्ष गोमा डुम्रेको स्वागत र सचिव शिव पाठकको सन्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष जगनाथ अधिकारीले आर्थिक बर्ष २०८०/०८१ को १ करोड ०३ लाख २५ हजार बढिको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
चालु अर्थिक वर्षमा एक करोड ७८ लाख बढिको कारोवार गर्ने लक्ष्य राखेको सहकारीले साधारण सभाको अवसर पारेर असल ऋणीको रुपमा सदस्य, उत्कृष्ट बचत कर्ता, बाल बचत, असल कारोबारी र उत्कृष्ट सेयर सदस्यहरुलाइ सम्मान गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology