रुपन्देही । रुपन्देहीका अधिकांश स्थानीय तहमा जेष्ठ नागरिक र शिक्षकलाई दिनभर लाईनमा राखेर खोप सकियो भन्दै रित्तो हात घर पठाईएकोप्रति विरोध भैरहदा प्रशासनले सरकारी कार्यालय र बैंक, विमाका कर्मचारी, औषधि व्यवसायी र यातायात कर्मचारीलाई भने खोप दिने भएको छ ।
एक सुचना जारी गर्दै साउन ४, ५, ६ र ७ गते रुपन्देहीका विभिन्न स्थानमा लक्षित समूहलाई लगाईने जनाईएको छ ।
नेपाल सरकारले अत्याबश्यक सेवाको प्राथामिकतामा परेका लक्षित समुहलाई संबन्धित कार्यालयको सिफारीसमा प्रमुख जिल्ला अधिकारीबाट सुचि तथा परिचय पत्रका आधारमा रुपन्देहीका चार अस्पतालमा कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने भएको सूचनामा जनाईएको छ ।
बुटवलस्थीत प्रादेशिक अस्पताल र आम्दा अस्पताल तथा भैरहवा स्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा खोप लगाईने भएको हो ।
यद्यपि विगतको कमजोरीलाई सुधार्दै जिल्ला स्वास्थ्य कार्यालयले अब लगाईने खोप टोकन प्रणालीको आधारमा लगाईने जनाएको छ । यस अघि धेरै भिडभाड भएको तथा पहुँचको आधारमा लक्षित समूदायभन्दा बाहिरकाले पनि खोप लगाएको जनगुनासो सम्बोधन गर्दै जनस्वास्थ्य कार्यालय टोकन प्रणाली सुरु गर्न लागेको बुझिएको छ ।
खोप तालिका: 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology