काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउन लागेका एक सरकारी कर्मचारीलाई सोमबार प्रहरीले २६ लाख नगदसहित पक्राउ गरेको छ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटाको झोलामा शंकास्पद २६ लाख भेटिएपछि पक्राउ गरिएको हो।
सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology