Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

कुलेखानीको सतह चेतावनी तह नजिक, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलेखानीको सतह चेतावनी तह नजिक, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

images
  • कुलेखानीको सतह चेतावनी तह नजिक, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    images
    images

    काठमाडौँ । कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images

    प्राधिकरणका अनुसार आज असोज ११ गते दिउँसो २ बजे गरिएको मापनअनुसार जलाशयको जलसतह १ हजार ५२६.४९ मिटर पुगेको छ । हालको पानीको बहाव र जलसतह बढ्ने दरलाई हेर्दा आज साँझ करिब ६ देखि ७ बजेसम्ममा जलसतह १ हजार ५२७ मिटर, अर्थात् पहिलो चेतावनी तहमा पुग्न सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    मौसममा क्रमिक सुधार हुँदै गएको र थप ठूलो वर्षाको सम्भावना न्यून रहे पनि जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा तथा जलसतह सन्तुलन कायम गर्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा बाँधको तल्लो तटीय क्षेत्र, विशेषगरी सिस्नेरी खोला तथा बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

    सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक टोली तथा नियन्त्रण कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ । बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा पूर्वनिर्धारित चेतावनी प्रणालीअनुसार दोस्रो तथा तेस्रो चरणका साइरन बजाउनुका साथै सम्बन्धित क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई छोटो सन्देशमार्फत सूचना दिइने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र चेतावनी पालना गर्न सबैमा आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलेखानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।