Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

images
  • नारायणी पुलमा ठूला सवारी साधन रोकियो
    images
    images

    चितवन । नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोटस्थित नारायणी पुलमा ठूला तथा मालवाहक सवारी साधनको आवागमन रोकिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार असोज ११ गते दिउँसो करिब १: १५ बजे नारायणी नदीको बहाव अत्यधिक बढेपछि गैंडाकोट नगरपालिका-२ स्थित नारायणी पुलको मुखमा पूर्व-पश्चिम राजमार्गमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।

    images
    images
    images

    त्यसपछि दिउँसो १: ४० बजेदेखि लोड तथा ठूला सवारी साधनलाई आवागमनमा रोक लगाइएको छ। साना सवारी साधन तथा सर्वसाधारणलाई भने सम्झाइबुझाइ गरी आवागमन गर्न दिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नारायणी नदीको बहाव बढिरहेकाले पुल क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नारायणी पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।