Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन

‘पोखराको गौरव फेवा, पञ्चासेले दिन्छ टेवा’ 

‘पोखराको गौरव फेवा, पञ्चासेले दिन्छ टेवा’ 

images
  • सेतोमसी सहकर्मी
  • ‘पोखराको गौरव फेवा, पञ्चासेले दिन्छ टेवा’ 
    images
    images

    तारा पौडेल, पोखरा । कास्की, स्याङ्जा र पर्वतको संगमस्थलमा अवस्थित पञ्चासे पवित्र धाम, धार्मिक पर्यटकीय र जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ । पञ्चासेलाई पाँच टाकुरा मिलेर वनेको धार्मिक तपोभूमि भएकोले पञ्चधाम वा पञ्चासे नामाकरण गरिएको पौराणिक मान्यता छ भने पाँचवटा चोसो टाकुरा भएको ठाउँलाई गुरुङ भाषाको उच्चारणमा पञ्चासे भनिएको, गुरुङ भाषामा ङ भनेको पाँच र से भनेको मासु हो ।

    images
    images
    images

    पहिलेदेखि यहाँका शिकार गर्ने ५ टाकुराका कारण पनि यस क्षेत्रको नाम पञ्चासे भएको अनुमान छ । पञ्चासे ताल, सिद्ध ऋषिमुनीहरुको तपोभूमि र मातापिताको भक्तीमा प्रसिद्घ श्रवण कुमारको समाधिस्थलका रुपमा पनि परिचित छ । पोखराबाट करिव २८ किलोमिटरको दुरीमा पुग्न सकिने पञ्चासे क्षेत्र, धार्मिक र पर्यटकीय जैविक विविधताका हिसावले पनि महत्वपूर्ण क्षेत्र हो ।

    images
    images
    images

    धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्घ पञ्चासे क्षेत्रमा वर्षेनी बालाचर्तुदशीमा, गण्डकी प्रदेशका जिल्ला लगायत देशका विभिन्न भूभागबाट समेत उल्लेख्य संख्यामा सतविज छर्ने दर्शनार्थीको ठूलो भिड लाग्ने गर्छ । फेवाताल, रतिखोला, आँधिखोला र जहरेखोलाको मुहानको रुपमा रहेको पञ्चासे वन संरक्षण क्षेत्र, एकै स्थानबाट धौलागिरीदेखि लमजुङ हिमालसम्म अवलोकन गर्न सकिने अद्वितिय विशेषता बोकेको क्षेत्र हो । जैविक विविधताका हिसाबले धनी यस क्षेत्र चितवन, नवलपरासी क्षेत्र र हिमालय श्रृंखलाको अन्नपूर्ण, माछापुच्छ्रे क्षेत्र समेतलाइ जोडने महत्वपूर्ण जैविक मार्गको रुपमा समेत परिचित छ ।

    images
    images
    images

    पञ्चासे क्षेत्र, धार्मिक पर्यटन र जैविक विविधताको अथाह सम्भावना बोकेको क्षेत्र भएको बताउँछन्प्र, देश वन निर्देशक रामकाजी श्रेष्ठ । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिएको पञ्चासे वन संरक्षण क्षेत्रको विकास र प्रवद्र्धनमा सबै सरोकारवाला र समुदाय मिलेर लाग्नुपर्नेमा उनको जोड छ ।

    सुनाखरीको राजधानी (Orchid Hub) को रुपमा पनि प्रख्यात यस क्षेत्रमा, १४३ प्रजातिका सुनाखरी, ५८९ प्रकारका वनस्पती, १०७ प्रकारका जडिवुटी, ५६ प्रकारका च्याउ र ९८ प्रकारका उन्यू पाईन्छन् । तसर्थ पञ्चासे क्षेत्रलाई खुला प्राकृतिक उद्यानको रूपमा विकास गर्न सकिने श्रेष्ठको विश्वास छ । करिव ५७०० हेक्टर वन क्षेत्र रहेको पञ्चासे वन संरक्षण क्षेत्र, फेवाताल जलाधार, आँधिखोला र रतिखोलाको मुहानको रुपमा रहेकोले यसलाई वाटर टावर (water Tower) पनि भन्ने गरिन्छ ।

     पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको पानीको मुख्य स्रोतको रुपमा पञ्चासे वन संरक्षण क्षेत्र रहेकोले पनि फेवातालको दिगो संरक्षणको लागि पञ्चासे वन संरक्षण क्षेत्रको संरक्षण गर्नु सबै सरोकारवालाहरुको दायित्व हुन आउँछ । भूगोलविद तथा पिएन क्याम्पसका पूर्वक्यापस प्रमख प्रा.डा. देवेन्द्र बहादुर लामिछानेको तिन वर्षको अध्ययन र अनुसन्धानबाट निकालिएको निष्कर्शमा सन् १९९८ को डाटा अनुसार प्रत्येक वर्ष हर्पन खोला र अधेँरी खोलाले १ लाख ५९ हजार ५ सय ५३।२ मेट्रिक टन गेग्ग्रयान बगाएर फेवाताल पुर्ने गरेको छ ।
                                                                                                                                                     
    उनको अनुसन्धान अनुसार यसरी बगाएर तालमा ल्याउने गेग्ग्रयानलाई नियन्त्रण नगरिएको खण्डमा २ सय ८७ वर्षमा ताल सबै पुरिन सक्छ । तर २००७ र २०१५ मा आएको जस्तो ठूलो बाढी आएमा यो समयावधि छोटिन पनि सक्छ । फेवातालको मूख्य जलाधार क्षेत्रको रुपमा रहेको पञ्चासे वन क्षेत्रको मूख्य टाकुरा समुद्रि सतहदेखि २५१७ मिटरको उचाईमा अवस्थित छ   यो देशकै सबैभन्दा धेरै पानी पर्ने कांढे क्षेत्रसंग जोडिएको क्षेत्र भएकोले पनि पानी धेरै पर्ने हंदा, यस वन क्षेत्रको संरक्षण गरिएन भने बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको अत्याधिक सम्भावनालाई नकार्न सकिंदैन । जसको प्रत्यक्ष असर फेवातालमा पर्ने हुंदा फेवातालको दिगो संरक्षणको लागि प्रमुख जलाधार क्षेत्रको रुपमा रहेको “पञ्चासे वन संरक्षण क्षेत्र” लाई जोगाउनु आजको आवश्यकता हो ।

     पछिल्लो समय वातावरण र विकासका बिच आवश्यक सन्तुलन कायम हुन नसक्दा बाटो विस्तार जस्ता भौतिक पूर्वाधार निर्माणका क्रियाकलापहरुले पनि फेवाताल पुरिंदै गएको यथार्थ हाम्रा सामु छ । फेवातालको उपल्लो तटीय क्षेत्रका खोलाहरुमा चेकड्याम निर्माण, खोला किनारा संरक्षण, नमुना वृक्षारोपण, संरक्षण पोखरी निर्माण, पानी मुहान संरक्षण र बायो इन्जिनियरिङका क्रियाकलापहरु संचालन गरी भूक्षयलाई नियन्त्रण गर्न सकिन्छ ।

    समुदायमा आधारित वन व्यवस्थापन पद्धती अवलम्वन गरिएको पञ्चासे वन संरक्षण क्षेत्रमा कास्की जिल्लामा ४४, पर्वत जिल्लामा ३५ र स्याङ्जा जिल्लामा २९ वटा गरी जम्मा १०८ वटा सामुदायिक वनहरु रहेका छन । पञ्चासे वन संरक्षण क्षेत्रले दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, भू तथा जलाधार संरक्षण, जीविकोपार्जन सम्वन्धी कार्यक्रम, पर्यापर्यटन प्रवद्र्घन कार्यक्रम र संस्थागत सुदृढिकरण लगायतका कामहरु गर्दै आइरहेको छ । 

    यस क्षेत्रको संरक्षणका लागि गल्छी नियन्त्रण, खोला किनारा संरक्षण, नमुना वृक्षारोपण, संरक्षण पोखरी निर्माण, पानी मुहान संरक्षण र बायो इन्जिनियरिङका क्रियाकलापहरु संचालन गरिंदै आउनुको साथै भक्तजन, पर्यटक, पदयात्रीहरु समेतका लागि पदमार्ग, विश्राम स्थल, चौतारी, पाटीपौवा निर्माण तथा मर्मत संभार जस्ता क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ ।

     त्यसै गरी समुदाय स्तरमा सामदायिक वन तालिम र गोष्ठी, चोरी शिकारी नियन्त्रण तालिम र वन डढेलो व्यवस्थापन तालिम तथा प्रचार प्रसार समेत गर्दै आएको छ । हालको वन ऐन, २०७६ को दफा १७ वमोजिम पञ्चासे वन संरक्षण क्षेत्र मा रुपान्तरण भएको यस क्षेत्र, वन तथा वातावरण मन्त्रालय, सिंह दरबार, काठमाण्डौकोे मिति २०७७ भदौ २१ को मन्त्रीस्तरको निर्णय अनुसार सोही मन्त्रालयको मिति २०७७ भदौ २६ पत्रबाट प्रदेश सरकारले व्यवस्थापनको जिम्मा पाएको हो ।

    हेर्नुहोस फोटो फिचर :

    panchase .png

    पञ्चासे हिमाल .jpg
    पञ्चासे २.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # फेवा
  • # पञ्चासे
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।