Logo

२०८३, आश्विन ९गते


images
images

गैंडहवाले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ९० प्रतिशत खर्च गर्ने

गैंडहवाले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ९० प्रतिशत खर्च गर्ने

images
  • सेतोमसी सहकर्मी
  • गैंडहवाले चालु आर्थिक वर्षमा पुँजीगत  तर्फ ९० प्रतिशत खर्च गर्ने
    images
    images

    सुमन जैसवाल, लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिकाको आर्थिक बर्ष ०७९/८० मा सम्पादित कार्यक्रमको वार्षिक प्रगति समिक्षा गोष्ठीमा गाउँपालिकाले पुजीगत तर्फ ८७ प्रतिशत खर्च गरेको विवरण सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    आगामी बर्षमा यसलाई बढाएर ९०  प्रतिशत भन्दा बढी गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । स्थानीय सरकारलाई दिएको अधिकारको कार्यान्वयन  गर्न भौतिक, आर्थिक, सामाजिक बिकास र समृद्धिको जनआकाक्षा पुरा गर्ने प्रमुख दायित्व जनप्रतिनिधि तथा कर्मचारी लगायत हामी सबैको हो । 

    images
    images
    images

    वार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले भने – १ देखी ९ सम्मका विभिन्न वडाले ९६ प्रतिशतसम्म बजेट खर्च गरेको आवश्यक अनुसार जनताकामहरुलाई  प्राथमिकता राखेर काम भएको  बताए । 

    images
    images
    images

    पौडेलले १७ करोड ३५ लाख सुर्यपुरामा १५ शैयाको अस्पताल निर्माण भइरहेको र १ करोड ५० लाखमा नेपाली सेनाको आयोजनामा राष्ट्रपती चुरे संरक्षण कार्यक्रम अन्तरगत जिल्ला रुपन्देहीको सबैभन्दा ठुलो गैडहवा ताल पुन: निर्माण सम्पन्न भएपछी गाउँपालिकालाई  हस्तान्तरण भएको  पौडेलले  बताए । चालु खर्च ८२ प्रतिशत रहेको पौडेलले विकास निर्माणको काममा ढिला सुस्ती गर्ने, समय लम्बाउने र निर्धारीत समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी  तथा ठेकेदारलाई कारबाही गर्ने बताए ।

    यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले सडक पिच, ढलान,ग्राभेल, नाली निर्माणका धेरै काम भएको भन्दै स्वास्थ्य, शिक्षा, कृषि तथा  रोजगारलाई ८० /८१ मा  प्राथमिकताका साथ अगाडी बढी रहेको बताए । उनले सार्वजनिक खर्च  व्यवस्थापनलाई मिलाएर  विकास आयोजनालाई  कार्यान्वयन सहजीकरण गरिने भएको बताए । पन्थीले समिक्षा गोष्ठी कार्यक्रममा  पुजिगत खर्च गाउँपालिकामा खट्ने   कर्मचारी वार्डअध्यक्ष, वार्ड सदस्य, स्थानीय उपभोक्तालाई  धन्यबाद दिएको थिए  । 

    कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि ,पशु, रोजगार,लेखा, सामाजिक विकास ,महिला विकास, लघु उद्यम, आर्युवेद, भुमिहिन दलित भुमिहिन सुकुम्बासी, अब्यबस्थित बासोबासी शाखा, पन्जिकरण लगायत बिभिन्न शाखाका प्रमुखहरुले आ आफ्ना प्रगती बिबरण सुनाएको  थिए । उनीहरुले समृद्ध गैडहवाको बिकासको नारालाइ आत्मसात गर्दै आम जनसमुदायको हितमा काम गर्ने प्रतीबद्धता जनाएका थिए । यस्तै १ देखी ९ सम्मका वार्ड अध्यक्ष तथा वार्ड सचिबहरुले जनचाहना अनुरुप नागरिकहरुको घरदैलो सेवा प्रदान गर्ने आधारस्तम्भको रुपमा रहने स्थानीय तहको भुमिकालाई प्रभाबकारी कारी गरिएको  बताए   । गोष्ठी कार्यक्रम सचलाक गणेश भटराईले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।