Logo

२०८३, आश्विन ९गते


images
images

राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएका हौं  : मन्त्री गुरुङ

राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएका हौं  : मन्त्री गुरुङ

images
  • राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएका हौं  : मन्त्री गुरुङ
    images
    images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको बताएका छन् । उनले त्यसै कारण सुशासन प्रवद्र्धन विधेयक ल्याएको बताए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानूनहरुलाई पूर्णता दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गरे । 

    images
    images
    images

    मन्त्री गुरुङ्गले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानूनहरुमा सुधार गरि सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको उल्लेख गरे । 

    images
    images
    images


    ‘शासन प्रणालीसँग जोडिएका कानून कार्यान्वयनसँग जोडिएका द्धिअर्थी र अधुरो तथा अपुरो कानूनहरु छन् । सुशासन कार्यान्वन गर्ने तहहरुमा समेत त्यसले वाधा पुर्याइरहेको अवस्था छ ।’ उनले भने, ‘त्यसकारण यस्ता ऐन कानूनहरुलाई संशोधन गरेर सशान प्रणालीलाई कसरि प्रभावकारी बनाउने, कसरि जनमुखि बनाउने, कसरि सेवा र न्याय दिने भन्ने कुरा निक्कै खड्किएर यो अध्यादेश ल्याएको हो ।’

    images
    images
    images


    गुरुङ्गले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।