Logo

२०८३, आश्विन ९गते


images
images

नेपाली सेनाद्वारा गैंडहवा गाउँपालिकालाई 'गैंडहवा ताल' हस्तान्तरण

नेपाली सेनाद्वारा गैंडहवा गाउँपालिकालाई 'गैंडहवा ताल' हस्तान्तरण

images
  • सेतोमसी सहकर्मी
  • नेपाली सेनाद्वारा गैंडहवा गाउँपालिकालाई 'गैंडहवा ताल' हस्तान्तरण
    images
    images

    सुमन जैसवाल,  लुम्बिनी । रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकामा रहेको गैंडहवा ताल नेपाली सेनाले गाउँपालिकलाई हस्तान्तरण गरेको । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तरगत गैडहवा तालको पुन: निर्माण गरि सेनाले गैंडहवा गाउँपालिकालाई हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    ताल हस्तान्तरण कार्यक्रममा बोल्दै काली भक्ति गण (इ) भैरहवाका रथि सिताराम खड्काले ताल संरक्षणले पर्यटन प्रबर्द्धनसङै जैविक विविधताको समेत संरक्षण भै ठुला जल संरक्षणले पानीको सतहलाइ मात्रै नभै सिङ्गो बाताबरणलाई फाइदा हुने बताए। गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंगै रहेकाले गैडहवा ताललाइ पर्यटन प्रबर्द्धन र प्रचार प्रसार गर्न सबैसंग आग्रह  गरे। लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जबसम्म गैडहवा तालसम्म ल्याइदैन तबसम्म गैडहवाको उन्नति हुन नसक्ने जिकिर गर्दै उनले ताल संरक्षणसंगै पर्यटन प्रबर्द्धनमा लाग्न अनुरोध गरे । 

    images
    images
    images

    राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समितिबाट आर्थिक बर्ष २०७९/८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुन: निर्माणको काम गरि ताल गैडहवा गाउँपालिका वडा नम्बर ४ मा अबस्थित गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो। 

    images
    images
    images

    कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जयस्वाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, नेपाली सेनाका अधिकृत, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम राष्ट्रपति चुरे तराई मधेश सरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता सम्पन्न भएको थियो।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।