काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेकी छिन्।
यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ। हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा.सुनील शर्मा, डा.मनित चौधरी, डा.श्रद्धा सिल्पकार, रन्जितकुमार यावद, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव रहेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले बिहीबारदेखि फक्सट्रट चार्ली अपरेशन चलाएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology