Logo

२०८३, श्रावण २७गते


images
images

युवाको पेशा बन्दै कृषि

कृषिमा युवा आकर्षण, २० वर्षिय युवाद्वारा आधुनिक खोरमा उन्नत बाख्रा पालन सुरु

कृषिमा युवा आकर्षण, २० वर्षिय युवाद्वारा आधुनिक खोरमा उन्नत बाख्रा पालन सुरु

images
  • कृषिमा युवा आकर्षण, २० वर्षिय युवाद्वारा आधुनिक खोरमा उन्नत बाख्रा पालन सुरु
    images
    images

    पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक युवाले आधुनिक शैलिमा बाख्रा पालन सुरु गरेका छन् । पालिकाको वडा नं. २ सर्देवाका निरज नेपालले बहुउद्देश्यीय पशु फार्म दर्ता गरि नश्ल सुधार सहितको योजनामा आधुनिक तरिकाले बाख्रा पालन सुरू गरेका हुन् । 

    images
    images
    images

    यातायात व्यवसायी निरज नेपाल र उनका दाजु नवीन नेपालले कोरोनाको कारण गरिएको लकडाउनमा यातायात व्यवसायबाट घाटा बेहोर्नु परेपछि  तीन महिना अघि बाख्रा पालन सुरु गरेका हुन । लुम्बिनी प्रदेश सरकारको २ लाख अनुदान सहित कुल १२ लाखको लगानीमा सुरुभएको फर्ममा यतिबेला ३ बोयर र २ जमुनापारी सहित ३५ वटा बाख्रा छन् । 

    images
    images
    images

    "अहिले ३५ वटा बाख्रा छन्, निकट भविष्यमै १०० वटा बाख्रा पुर्याउने लक्ष्य राखिएको छ हेरौं सफल हुने गरि नै काम गरिएको छ" संचालकका दाजु नवीन नेपालले सेतोमसीसंग भने । 

    images
    images
    images

    रैनादेवी छहरा गाउँपालिकाकै नमुना फार्म बनाएको दावी गर्दै नेपालले बाख्रा मिसन कार्यक्रम अन्तर्गत काम गरिएको र बाख्राको नश्न सुधार गरि फरक तरिकाले व्यवसाय अगाडि बढाउने योजनामा काम भैरहेको बताए । फार्मले पाल्पाको तानेसेनस्थित पशु विज्ञ तथा भेटेनरी अस्पतालको प्राविधिक सहयोगमा काम गरिरहेको छ । 

    स्नातक दोस्रो बर्षमा अध्ययन गर्दा गर्दै विचमै पढाई छोडेर बाख्रा पालन सुरु गरेका २० बर्षिय नेपालको उक्त फार्ममा हाल २ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । १५ रोपनी जग्गामा घाँस खेती समेत गरिएको उक्त फार्ममा घाँसकाट्ने मेसिन लगायतका मेसिनको समेत प्रयोग गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।