Logo

२०८३, आश्विन १०गते


images
images

लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण

लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण

images
  • लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण
    images
    images

    रुपन्देही । लियो क्लब अफ लर्ड बुद्धले पद हस्तान्तरण तथा आठौं चार्टर नाइट सम्पन्न गरेको छ। क्लबका वर्ष २०२२/२३ का अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता, लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष तथा क्लबका सल्लाहकार लायन विष्णु उपाध्यायको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    images
    images
    images

    कार्यक्रममा लियो बर्ष २०२२/२३ को कार्यसमितिले बर्ष २०२३/२४ को नयाँ कार्यसमितिलाई पदहस्तानतरण गरेको हो। लियो क्लब अफ देवदहका वर्ष २०२३/२४ का अध्यक्ष प्रदिप पाण्डेलाई क्लबका २२/२३ का अध्यक्ष राहुल देव सापकोटा साथै पूर्व अध्यक्षहरुले अध्यक्षको लकेट र पिन लगाई दिएर अध्यक्षको पदभार ग्रहण गराएका थिए। साथै सचिव,कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरुले पनि पद हस्तान्तरण गरेका थिए। कार्यक्रम संस्थाका सचिव अनिस पोख्रेलले सञ्चालन गरेका थिए। आफ्नो पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा क्लबलाई सामाजिक क्षेत्रमा थप उचाइमा पुराउने बताउदै आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष तथा क्लबका सल्लाहकार लायन विष्णु उपाध्यायले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाले क्लबलाई सामाजिक र मानवीय सेवाका क्षेत्रमा नमूना र सिर्जनशील कामहरु गरेर सबैका लागि उदाहरणीय बन्न सुझाव समेत दिनुभएको थियोे।

    images
    images
    images

    त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष  लायन मनोज पन्थ, लियो क्लब अफ देवदह तथा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका संस्थापक अध्यक्ष लियो लायन दिपेश मल्ल, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका वर्ष २३/२४ का अध्यक्ष लायन कमल पौडेल लगाएतले बोल्दै नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो।

    कार्यक्रममा लियो क्लब अफ देवदहका पुर्व अध्यक्ष गोपाल पाण्डे, कमल ज्ञवाली, सन्दिप तिवारी, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका पुर्व अध्यक्ष बिमल भुषाल लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम पहिलो चरण वर्ष २२/२३ का सचिव अनिश पोखरेल र दोश्रो चरण वर्ष २३/२४ को सचिव रुबिना वि.कको संचालनमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।