Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा म्याराथन दौड प्रतियोगिता हुने

देवदहमा म्याराथन दौड प्रतियोगिता हुने

images
  • देवदहमा म्याराथन दौड प्रतियोगिता हुने
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो  । 

    images
    images
    images

    सोमबार देवदहमा पत्रकार भेटघाटको आयोजना गर्दै उक्त प्रतियोगिताको विषयमा जानकारी गराइएको हो ।लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष राहुल देव सापकोटाले देवदहका पर्यटकीय,ऎतिहासिक र धार्मिक क्षेत्रको प्रचारप्रसार, युवाहरुलाई खेलकुद संगै सामाजिक उत्तरदायित्व बोध गराउंदै सामाजिक संघ संस्थामा आबद्द गराउने साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

    images
    images
    images

    विगतमा कोभिड संक्रमणका बेला बाहेक नियमित रुपमा म्याराथन प्रतियोगिता भएको अवगत गराउंदै सँस्थाका पुर्व अध्यक्ष दिपेश बिक्रम मल्लले म्याराथन प्रतियोगिताले देवदहलाई देश र विदेशमा समेत चिनाउन सहयोग पुगेको बताए । म्याराथनको माध्यम बाट देवदहको पर्यटकीय क्षेत्रको प्रचार प्रसार, अर्थतन्त्र थोरै भए पनि चलायमान हुने विश्वास लिएको मल्लले बताए ।

    images
    images
    images

    देवदहको बुद्दचोक सुरुवात बिन्दु रहेको म्याराथन प्रतियोगितामा देवदहको ऎतिहासिक, पर्यटकीय र धार्मिक स्थल भवानीपुर, पाकारी, बैरीमाइ, कन्यामाइ, मायादेवी एसोधारा लगायत पार्क समेटी १६ किलोमिटरको दुरी तय गरिएको म्याराथन प्रतियोगिता संयोजक बिबेक जंग कार्कीले बताए ।

    प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष धावकले जनही २५-२५ हजार,  द्वितीयले जनही १५-१५ हजार  र तृतीय हुनेले जनही १०-१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । 

    म्याराथन प्रतियोगितामा सहभागिता हुन चाहाने प्रतियोगीले अनलाइन, फोन सम्पर्क तथा बिभिन्न दर्ता स्थल बाट नाम टिपाएर सहभागी हुन सक्ने क्लबले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।