देवदह । रुपन्देहीको देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा माघ १४ गते देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो ।
म्याराथनमा जुनसुकै उमेरसमुहले भागलिन सक्नेछन् अनि यदि तपाईंले सहभागीमात्र हुनु भयो भनेपनि प्रमाणपत्र र टिसर्ट उपलब्ध गराइने छ ।
आवश्यक कागजात
देवदह म्याराथन २०७९ मा सहभागिता दर्ता अनिवार्य गरिएको हुदा, नागरिकता प्रमाणपत्र वा लाइसेन्सको फोटो सहित, तल दिइएको फारम भर्नु होला ।
यो लिन्कमा गएपछी त्यो फारम खुल्छ त्यसपछि आफ्नो नाम, ठेगना, सम्पर्क नम्बर र नागरिकता वा लाइसेन्सको फोटो उपलब्ध गराएपछी सजिलै म्याराथनमा भाग लिन सकिनेछ ।
#6th_Devdaha_Marathon_2079
For more info & registration click on the given link
https://forms.gle/1ksn2LoZEKbPeBhT6
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology