देवदह । लियो क्लब अफ लर्ड बुद्ध वर्ष २०२२/२३ को अध्यक्षमा राहुल देव सापकोटा निर्विरोध चयन भएका छन्। क्लबको शनिबार बसेको बार्षिक बैठकबाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा अनुष्का घिमिरे, दोश्रो उपाध्यक्षमा बिबेक कार्की, तेस्रो उपाध्यक्षमा प्रदिप पाण्डे, सचिवमा अनिश पोखरेल, सह सचिबमा अस्मिता केशी , कोषाध्यक्षमा पवन खरेल र सह- कोषाध्यक्षमा निशा गौडेल चयन भएका छ्न् ।
त्यस्तै क्लबको टेल टुईस्टरमा बालकृष्ण भण्डारी, क्लबको टेमरमा मनोज भट्टराई, मेम्बरसीप डाईरेक्टरमा आशिष पोखरेल, डाईरेक्टरमा शिक्षा तिवारी, डाईरेक्टरमा सबिना त्रिपाठी र सदस्यहरुमा क्रमश विपना न्यैपाने, गिता पौडेल , रोशनी केसी, अस्मिता पाण्डे ,मनिसा पाण्डे, राहुल भट्टराई , लक्ष्मी पौडेल, समीक्षा खरेल, मोनिका शर्मा, निश्मा भट्टराई , पवित्रा गोतामे, पर्मिला सुनार, विपिन खरेल, जमुना भुषाल , सुस्मिता कार्की, श्रुति न्यौपाने , सरु अधिकारी, मनिसा क्षेत्री, धिरज जिसि, नवीन लुईटेल चयन भएका हुन् ।
क्लबको अध्यक्ष सल्लाहकार सरोज शर्मा, मेघनाथ पोख्रेल, सागर भट्टराई र सुमन पराजुली र सचिब सल्लाहकारमा अभिषेक पौडेल मनोनीत गरिएको निर्वाचन प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।
नव निर्वाचित समितिलाई २०२१/२२ का अध्यक्ष शंकर पंगेनीले सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology