कृष्ण अन्जान, गुल्मी । स्थानीय तहकाे काम जनताका लागि राहत, सर्वसुलभ सेवा र समानुपातिक विकास हाे ।यसका लागो यतिबेला गुल्मी जिल्लाकाे छत्रकाेट गाउँपालिकाका कार्यक्रम अव्वल सावित भएका छन ।
यहि गाउँपालिका हाे जहाँका किसानहरुलाई पेन्सनकाे कार्यक्रम ल्याई सकिएकाे छ भने कृषि र युवा लक्षित कार्यक्रम ल्याईएकाे छ ।
सडक पुर्वाधार, शैक्षिक विकास, लगायतका क्षेत्रमा गाउँ पालिकाले गरेका कामले जनताकाे मन जित्न यहाँका जनप्रतिनिधि सफल देखिएका छन ।
पछिल्लो चरणमा छत्रकोट गाउँपालिकाको बिभिन्न माध्यमिक विद्यालयबाट एसईई परिक्षामा सहभागी भई २.८ जीपीए अंक प्राप्त गरि स्थानिय विद्यालयमा कक्षा ११ र १२ अध्यन गर्ने विद्यार्थीलाई गाउँपालिकाले पूर्ण छत्रवृत्ति दिने घोषणा गरेको छ । उत्तिर्ण विद्यार्थीलाई बधाई तथा ग्रेड बृद्धिमा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिदै गाउँपालिकाले यस्तो निर्णय गरेको र अन्य बिपन्न परिवारका र जेहेन्दार विद्यार्थीलाई पनि छत्रवृत्ति दिने गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताए ।
छत्रकोट गाउँपालिकामा १ संस्थागत र ९ सामुदायिक गरि १० वटा माध्यमिक विद्यालय रहेका छन । गत बर्ष ९ वाटा विद्यालयबाट ३ सय ४४ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology