छत्रकाेट । गुल्मीको छत्रकोट गाउँपालिकाले स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि वहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
साेमवार गाउँपालिका स्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलको अध्यक्षमा सम्पन्न भएको हो।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाको उपाध्यक्ष सावित्रा ज्ञवाली र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.पशुपति आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रमले गाउँपालिका भरि रहेका विद्यालय र आमा समुहमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र रोग निदनका लागि डेङ्गु रेपिड टेस्टको दायरा बढाउने निष्कर्ष निकालेको छ । केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताए ।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ,जनप्रतिनिहरु तथा गाउँपालिमा सञ्चालित सवै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखामा कार्यरत अ.हे.व समना टण्डनले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology