Logo

२०८३, आश्विन ९गते


images
images

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क परिक्षण  सेवा सुरु

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क परिक्षण  सेवा सुरु

images
  • छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क परिक्षण  सेवा सुरु
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ ।  चिकित्सककाे सल्लाह अनुसार लक्षण देखिएका बिरामीहरुलाई  निशुल्क परिक्षण सेवा सुरु गरिएको हो।

    images
    images
    images

    डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर  पोख्रेलले जानकारी दिए। यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  वीर बाहादुर पुनले गाउँपालिका भित्र सिटामोल र किटको अभाव नभएको पनि जानकारी दिएका छन् ।

    images
    images
    images

    पछिल्लो समय देशभरि नै  डेंगूका बिरामी  बढेका छन् भने किट र सिटामोलको अभाव देखिएको छ । यस्तो महामारीको बेला अस्पतालहरुले परीक्षणको नाममा आफू खुसी शुल्क लिएको तर केन्द्रीय सरकार  भने  निरीह बनेको भन्दै चौतर्फी आलोचना हुने गरेकोमा गुल्मीको  छत्रकोट गाउँपालिकाले  भने जनतालाई महसुस हुने गरी काम गरेको देेेख्न सकिन्छ  ।  केही समय पहिला गाउँपालिकाले डेंगू नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम समेत गरेको थियो,छत्रकोटको  यो कामलाई  सबैले प्रशंसा गरेका छन्।

    images
    images
    images

    स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले  स्वास्थ्य क्षेत्रमा एकपछि अर्को निर्णय गर्दैआएका छन् ।

     डेंगु, स्क्रब टाइफस र मलेरियाकाको निशुल्क  परीक्षण मात्रै होइन उनले केहीदिन देखि सुगर परीक्षण समेत निःशुल्क गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छत्रकोट गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।