Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा ड्रागन ‘बोट’ रेस सुरु

पोखरामा ड्रागन ‘बोट’ रेस सुरु

images
  • पोखरामा ड्रागन ‘बोट’ रेस सुरु
    images
    images

    पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे। 

    images
    images
    images

    मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताए ।

    images
    images
    images

    दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन्। यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

    images
    images
    images

    फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोटलगायतका सामग्री चीनबाट ल्याइएको थियो ।

    चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।