Logo

२०८३, आश्विन ९गते


images
images

जीवन बीमा कोषमा बीमा शुल्कको योगदान प्रतिशतका आधारमा एशियन लाईफ उत्कृष्ट 

जीवन बीमा कोषमा बीमा शुल्कको योगदान प्रतिशतका आधारमा एशियन लाईफ उत्कृष्ट 

images
  • जीवन बीमा कोषमा बीमा शुल्कको योगदान प्रतिशतका आधारमा एशियन लाईफ उत्कृष्ट 
    images
    images

    काठमाडौं । जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदानको प्रतिशत अध्ययन गर्दा एशियन लाईफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट देखिएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित रहेर विश्लेषण गर्दा एशियन लाईफको १०० प्रतिशतभन्दा माथि देखिएको छ भने सबैभन्दा कम रिलायबल नेपाल लाईफ इन्स्योरेन्स रहेको देखिएको छ । 

    images
    images
    images

    जीवन बीमा कोषमा बीमा शुल्कको योगदान बढि हुने कम्पनीहरु मध्ये दोस्रोमा गुराँस लाईफ, तेस्रोमा एलआईसी नेपाल, चौथोमा नेपाल लाईफ, पाँचौमा सूर्या लाईफ  छन् । त्यस्तै न्यून हुनेहरुमा मेट लाईफ र  युनियन लाइफ छन् । उनीहरुको योगदान ५० प्रतिशतभन्दा पनि तल छ । 

    images
    images
    images

    बीमा कम्पनीले आर्जन गर्ने आम्दानी र खर्चको अनुपातका आधारमा जीवन बीमा कोषमा रकम जम्मा हुने गर्दछ । व्यवस्थापन खर्च कम गर्ने तथा बढि प्रतिफल प्राप्त क्षेत्रमा लगानी गरेका बीमा कम्पनीहरुको यस्तो अनुपात उच्च हुने गर्दछ भने बढि खर्च गर्ने र न्यून आय भएका क्षेत्रमा लगानी गर्ने कम्पनीहरुको यस्तो रेसियो न्यून हुने गर्दछ । साथै नयाँ कम्पनीहरुको समेत यस्तो रेसियो न्यून आउने गर्दछ । साथै म्यादी बीमा गरेका कम्पनीहरुको यस्तो रेसियो न्यून आउने गर्दछ । 

    images
    images
    images

    म्यादी बीमा शुल्क आम्दानीमा देखिए पनि त्यस्तो रकम जीवन बीमा कोषमा नराखी असमाप्त जोखिम बापतको व्यवस्था अन्तर्गत राखिने भएकोले यस्तो रेसियो न्यून हुने गर्दछ । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्नपछि जीवन बीमा कोष समेत तलमाथि हुनसक्ने हुँदा लेखा परिक्षण सम्पन्न भएपछि मात्रै जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदान प्रतिशत गणना गर्दा एकिन तथ्याङ्क निकाल्न सकिन्छ । 

    आव २०७६/०७७ को चैत्र मसान्तसम्म लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा कूल बीमा शुल्कको योगदान प्रतिशतमा: 

    १. एशियन लाईफ                   १००.८७
    २. गुराँस लाईफ                        ९३.६३
    ३. एलआईसी नेपाल                 ९३.४८
    ४. नेपाल लाईफ                        ८१.४७
    ५. सूर्या लाईफ                         ७८.५९
    ६. प्राईम लाईफ                        ७६.०२
    ७. नेशनल लाईफ                     ७५.७६
    ८. सानिमा लाईफ                    ६५.५
    ९. महालक्ष्मी लाईफ                 ६०.३९
    १०. ज्योति लाईफ                    ६०.०४
    ११. सन नेपाल लाईफ              ५९.६२
    १२. आईएमई लाईफ                ५६.३३
    १३. प्रभु लाईफ                         ५४.६३
    १४. रिलायन्स लाईफ                ५२.३८
    १५. सिटिजन लाईफ                 ५२.१५
    १६. युनियन लाईफ                 ४७.७८
    १७. मेट लाईफ                          ३९.१२
    १८. रिलायबल लाईफ              ३७.७८ 

    - इन्स्योरेन्स खबर डट कमबाट साभार

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीवन बीमा
  • # एशियन लाईफ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।