बाग्लुङ । पत्रकार महासंघ बागलुङमा तालाबन्दी गरेर पाँचदिनदेखि महासंघलाई बन्धक बनाएको भन्दै प्रेस चौतारी बागलुङले गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयमा नेपाल प्रेस युनियन बागलुङले गरेको तालाबन्दी का कारण पत्रकार महासंघ अनिर्णयको बन्धक बनेको भन्दै तत्कालै तालाबन्दी खोल्नुपर्ने माग समेत राखिएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष सृजना पन्त र सचिव अर्जुकन कार्कीद्वारा हस्ताक्षरति विज्ञप्तीमा प्रेस युनियन बागलुङ तालाबन्दी जस्तो गैरजिम्मेवारी कार्यमा उत्रिनु आफैमा दुःखद कुरा रहेको जनाएको छ ।
विज्ञप्तमिा भनिएको छ “नेपाल पत्रकार महासंघ देशभरका शाखाहरु सदस्यता शुद्धिकरणको अभियानमा लागिरहेका बेला सदस्यता शुद्धिकरण, पत्रकारको पेशागत सुरक्षा, नागरिकका दविएका आवाज लगायतका विषयमा भूमिका थप सशक्त बनाउनु पर्ने बेलामा आफूलाई लोकतन्त्रवादी पत्रकारहरुको संगठन दावी गर्ने प्रेस युनियन बागलुङ तालाबन्दी जस्तो गैरजिम्मेवारी कार्यमा उत्रिनु आफैमा दुःखद कुरा हो ।”
आफ्ना माग तथा असन्तुष्टिका बारेमा नेपाल पत्रकार महासंघ, जिल्लामा क्रियाशील पेशागत संगठनका बिचमा निकासका लागि कुनै छलफल र बहस नगर्ने तर कार्यालय तालाबन्दी गर्ने कार्यले सिंगो पत्रकारिता, पत्रकार महासंघ र प्रेस युनिनय स्वयंम्को समेत कद घटाएको चौतारीको भनाई छ ।
“पत्रकार महासंघ बागलुङको इतिहासमा प्रेस युनियनकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेर गतिशील महासंघको अपेक्षा गरेका थियौ, दुर्भाग्य, त्यो अपेक्षा त पुरा हुन सकेन नै, अझ त्यसको निर्मम समिक्षा नगरी बदलामा आफै महासंघ कार्यालयमा तालाबन्दीमा उत्रिने कार्य गैरजिम्मेवार र उदासिनताको पराकाष्ठा हो” विज्ञप्तीमा भनिएको छ “संगठनका आ–आफ्नै विचार, आस्था हुन्छन्, त्यसको सबैले सम्मान गर्नुपर्छ तर, पत्रकार महासंघ जस्तो साझा संस्थाको मर्यादा र गरिमा माथि खेलाची गरेर साझा संस्थालाई बन्धक बनाउन र आफ्नो राजनीतिक, सांगठनिक अभिष्ट पुरा गर्न लाग्नु हुँदैन ।”
तत्काल पत्रकार महासंघको कार्यालयमा लगाएको ताला खोल्न, वार्ता संवाद र बहसबाटै समाधान खोज्न पत्रकार महासंघ बागलुङ र प्रेस युनियन बागलुङलाई प्रस चौतारी बागलुङ शाखाले जोडदार माग गर्दछ ।
चौतारीले विवाद समाधानका लागि पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश समितिले समेत चासो नदिएको प्रेस चौतारी बागलुङका अध्यक्ष सृजना पन्तले जानकारी दिनुभयो । चौतारीले गैर जिम्मेवारपूर्ण कदम तत्काल सच्याउन र संवादको वातावरण बनाएर पत्रकार महासंघको सदस्यता शुद्धिकरण मापदण्ड पूर्ण कार्यान्वयन गर्न गराउन समेत प्रेस चौतारीले जोडदार माग गर्दछ । प्रेस चौतारी आन्दोलनका नाममा हुने बेथिति, गैरजिम्मेवार र गलत कदममा मौनता साँधेर नबस्ने चेतावनी समेत दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology