Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

images
  • पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा
    images
    images

    काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसक्ने जनाउँदै  विष्टले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएका थिए । पोखरेलले राजिनामा दिएसंगै  कार्यवाहक अध्यक्ष बनेका विष्टले महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  राजिनामाको बोदार्थ  दिएका छन्।

    images
    images
    images

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिए पनि विवादका कारण महासंघको नयाँ नेतृत्व चयन अनिश्चित बनेको छ ।

    images
    images
    images

    उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्टि जनाउँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।


    कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।