सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।
शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन सुर्खेत आइपुगेकी राष्ट्रपति भण्डारीले सभाका उद्घाटन गरेकी गरेकी हुन् ।
जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।
उनीहरुले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology